५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

युरोपमा राष्ट्रियस्तरको लकडाउन गर्नु पर्दैनः डब्लुएचओ



एजेन्सी ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपमा अब राष्ट्रियस्तरको लकडाउन आवश्यक नभएको बताएको छ। संगठनका यूरोप निर्देशक हेन्स क्लुगले अब स्थानीय स्तरमा संक्रमणको अवस्था हेरेर लकडाउन गर्दा पनि संक्रमणबाट जोगिन सकिने बताए।

खोप नआएपनि अब यूरोप कोरोना भाइरससँग लड्न सक्ने उनको भनाइ छ। उनले खोप नआउँदासम्ममा मानिसले आफ्नो आनीबानीमा परिवर्तन गरी कोरोनासँग लड्नु पर्ने र आवश्यक परे निश्चित क्षेत्रमा मात्रै लकडाउन लगाउनु पर्ने बताएका बीबीसीले जनाएको छ।

प्रकाशित मिति : १७ भदौ २०७७ बुधबार ००:००  ४ : ३५ बजे