७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक



एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ । मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो ।

ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको छ । यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि राष्ट्रपति उम्मेदवार जो बाइडेन तथा टेस्लाका संस्थापक एलन मस्कसहितको एकाउन्टमा पनि यस्तै प्रकारको आक्रमण भएको थियो।

मोदीको एकाउन्ट ह्याक भएको सम्बन्धमा अनुसन्धान जारी रहेको र तत्कालका लागि अरु एकाउन्ट ह्याक भएको बारे जानकारी नरहेको ट्वीटरकी प्रवक्ताले बताएकी छन् ।

प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न अपिल गरिएका ट्वीटहरु अहिले हटाइएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७७ बिहिबार ००:००  ७ : ५१ बजे