११ भदौ २०८३, बिहिबार | Fri Aug 28 2026

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी



काठमाडौँ ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। आजको बैठकले सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने बताइएको छ।

गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय बिहीबारको पार्टी सचिवालय बैठकले गरेको थियो।
आजको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्रीबारे पनि टुंगो लगाइने बुझिएको छ। ६ महिना बिना सांसद अर्थमन्त्री बनेका युवराज खतिवडाको शनिबार कार्यावधि सकिँदैछ।

आज खतिवडाको अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ। उनको ठाउँमा अब को आउँछ भन्ने चासो बढेको छ।

प्रकाशित मिति : १९ भदौ २०७७ शुक्रबार ००:००  १ : ०० बजे