२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

शनिबार विशेषः भानु घिमिरेका दुई सिर्जना



मुक्तक
बाझा छन खेतवारी अनि बेरोजगार हामी
किन खै झोला बोक्न बाध्य बारम्बार हामी
हेर्नू न नियतिको खेल कोरोना बनेर आयो ।
फेरि पनि फसियो दुखको नै मझधार हामी

गजल
गरेर प्रहार म माथि कहाँ लाग्यो घाउ न सोध
मुटु भरी चोटैचोट छ कहाँ दुख्यो ठाउँ न सोध

तिमीले माया बेचेउ पैसामा म केही भन्दिन
तर मेरो मुटु दुखाईको अब भाउ न सोध

म जाँदै छु तिमी सङ्ग न भेटिने बस्ती खोजेर
तिमी म जस्तो दुखि बस्ने अब गाउँ न सोध

म जहाँ छु जस्तो छु सन्चो या बिसन्चो छु
तिमी मेरो नयाँ बस्तीको अब नाउँ न सोध

घिमिरे अर्घाखाँची, पाणिनी गाउँपालिका ४ का बासिन्दा हुनुहुन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  ७ : ५४ बजे