२९ बैशाख २०८१, शनिबार | Sun May 12 2024

शनिबार विशेषः मिना अधिकारीको ‘माया’



मिना अधिकारी ।

दुःख सुखको हरेक गोरेटो
तिमी सगै गासिन मन छ,
हिड्दा हिड्दै ठेस लागे
तिम्रै साहारामा उभिन मन छ ।
आँखा बन्द गर्दा देखेका सपना
आँखा खोल्दा तिमी सगै पूरा गर्ने मन छ,
हजारौं भिडमा पनि
तिम्रै मुहार खोज्ने मन छ ।
दुःख सुखको हरेक मोडमा
तिम्रै साथमा हिड्ने मन छ,
आँखामा आसुको ढिक्का भएनी
तिम्रै खुसिमा हासेर हिड्ने मन छ ।
तिम्रो यादमा होइन
साथमा जिन्दगी बिताउने मन छ,
मेरो छायालाइ समेत चिन्ने तिमी
तिम्रै छाया पछ्याएर हिड्ने मन छ ।
दुनियाँलाई देखाएर माया गर्नु छैन
माया गरेर दुनियाँलाई देखाउने मन छ,
जीवन फिक्का होस वा रंगिन
जस्तै होस तिम्रै साथ कटाउने मन छ ।
अधिकरी, वाणगंगा १ बैरिया निवासी हुनुहुन्छ ।

प्रकाशित मिति : २० भाद्र २०७७ शनिबार ००:००  ९ : १९ बजे