६ असार २०८३, शनिबार | Sun Jun 21 2026

चीनले बनाएको खोप ८ देशमा परीक्षण हुँदै



काठमाण्डौँ ।
जारी कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्न चीनले बनाएको खोप परीक्षणका लागि ८ देशले अनुमति दिएका छन्। चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी( र सिनोविक बायोटिक लिमिटेडले संयुक्त रुपमा कोरोनाविरुद्धको खोप बनाएका छन्।

सर्बिया र पाकिस्तानले तेस्रो चरणमा क्लिनिकल ट्रायल गर्न अनुमति दिइसकेका छन्। ​सर्बियामा सीएनबीजीले र पाकिस्तानमा बेइजिङ युनिटले तयार पारेको भ्याक्सिन परीक्षण गर्न लागिएको बीबीसीमा उल्लेख छ। सीएनबीजीले तयार पारेको खोपको फेज थ्री ट्रायलमा १० देशका करिब ५० हजार मानिस सहभागी हुने आंकलन गरिएको छ।

संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टीना र जोर्डनमा यसअघि नै चीनले बनाएको खोप परीक्षण सुरु भइसकेको छ। यो भ्याक्सिनलाई विश्व्यापी मान्यता दिलाउन चीनले सक्दो प्रयास गरिरहेको छ। यतिखेर चीनमा संक्रमितको संख्या निकै कम भएकाले अन्य देशमा नै चीनले यो खोप परीक्षण गरिरहेको छ।

प्रकाशित मिति : २१ भदौ २०७७ आइतबार ००:००  ७ : ४६ बजे