५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

उपत्यकामा दसैंसम्म निषेधाज्ञादेखि नाकामा सेना परिचालन गर्नुपर्दछ



काठमाण्डौँ ।
काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रमुख अधिकारीरूले काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा उपस्थिति भएका उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारहरूले उपत्यका प्रवेश गर्ने र बाहिरिने मानिसहरूको आवागमनमा थप कडाइ गर्नुपर्ने बताएका हुन्।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए। उनले चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने बताए।

प्रकाशित मिति : २१ भदौ २०७७ आइतबार ००:००  ७ : १४ बजे