१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मंसिर दोस्रो साता उद्योग वाणिज्य महासंघको निर्वाचन



काठमाण्डौँ ।
नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारीको बैंठकले आगामी ११ र १२ मंसिरलाई साधरणसभाको मिति तय गरेको हो । 

गत २८ र २९ चैतमा हुनु पर्ने महाधिवेसन कोभिड- १९ को कारण सर्दै आएको थियो । महासंघ उपाध्यक्ष चन्द्र ढकालका अनुसार पदाधिकारीको निर्णय अनुमोदन गर्न असोज दोस्रो साता कार्यसमितिको बैठक बस्ने छ ।

नयाँ नेतृत्व छनोट गर्ने साधारणभा अनलाइनबाट गर्ने र चुनाव प्रत्यक्ष वा अनलाइन भोटिङका माध्ययमाबाट गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  ७ : २८ बजे