कवि अरुण कुमार भुजेलको ‘आग्रह’


साताको अक्षरः कविता

ए रक्त पिपासु तृषित मान्छेहरू
युद्ध र क्रान्तिका प्रमुख पात्रहरू
भो बन्द गर अब नरसंहारको खेलहरू
फालिदेऊ अस्त्र शस्त्र र न्युक्लियर हतियारहरू
त्यागिदेऊ युद्धहरू

विकास र परिवर्तनको संवाहक हैन युद्ध
सुख,शान्ति र समृद्धिको सन्देश पनि हैन
क्षणिक उत्सव मात्र हो जित्नेहरुलाई
हार्नेहरूलाई आजीवन दण्ड पनि हैन
बन्द गर क्रान्ति र हेर ।

कसरी रम्छन शान्त माहोलमा जीवनहरू
कसरी झुल्छन् जिजीविषाका रहरहरु
नियाल भाइचाराको फाँटिलो मैदान पाएर
कसरी डुल्छन मस्त, परिवर्तन र प्रगतीहरु
यसैले, आऊ अब आऊ

साथ र सम्झौताको हात बढाऊ
माया र मायालुको सुन्दर वस्ती बसाऊ
प्रत्येक कुना कन्दरा र फाँटहरुमा अब
ढकमक्क प्रणयको फूलहरू फुलोस् ।
अनि
अनि त्यहाँ
किटपतङ्ग र चराचुरूङ्गीहरू, खुशीले डुलोस्
सर्बत्र मानवीय सम्वेदनाको, लहरहरू घुमोस्
युद्ध र क्रान्तिको कतै गन्धसम्म पनि नहोस्
वातावरण, सुमधुर, सुन्दर अनि शान्तमय बनोस।
अरुण कुमार भुजेल
दार्जिलिङ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस