१६ असार २०८३, मंगलबार | Wed Jul 1 2026

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज



काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला ओम अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमित डा. कोइराला स्वास्थ्यमा समस्या आएपछि भौ ३१ गते ओम अस्पताल भर्ना भएका थिए। महामन्त्री कोइरालाले आज आफू अस्पतालबाट डिस्चार्ज भएको फेसबुकमा तस्बिर लेखेर उल्लेख गरेका छन्।

चार दिनको अस्पताल बसाइमा महामन्त्री कोइरालालाई ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा।विश्वनाथ कोइराला नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेको थियो। उनको फोक्सोमा निमोनियाको संक्रमण पनि देखिएको थियो। उनलाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनले आज फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थ लाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु।’ उनले चिकित्सकको सल्लाह मोजिम केही दिन होम आइसोलेसनमै बसेर आराम लिने पनि बताएका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  २ : २६ बजे