८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

डा. केसीको समर्थनमा राजधानीमा प्रदर्शन



काठमाडौं

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर जुम्लामा सत्याग्रह बसेका डा गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

‘डा. केसीका माग पुरा गर, डा. केसीको जीवन रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । भौतिक दुरी कायम गर्न भन्दै एक ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् ।

डा. केसी नोवेल कोरोना भाइरस कोभिड१९ को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनरत छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७ शनिबार ००:००  ४ : ०२ बजे