२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

वामदेवविरूद्ध सर्वोच्च अदालतमा रिट



काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका हुन्।

पूर्वअर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।

प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रियसभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।

मन्त्रिपरिषद्ले उहाँलाई गरेको सिफारिस बदर गर्न अन्तरिम आदेश माग गरेको छु, मन्त्री नबनाउन प्रतिषेधको आदेश र राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि मापदण्ड जारी गर्न परमादेश माग गरेर रिट दायर गरेको छु, निवेदक त्रिपाठीले भने, आज पेश गरेको रिट दर्ता भएर मैले त्यसको पुर्जी पनि पाएँ। पर्सी बुधबार लाई पेशी तोक्ने भनेको छ।

प्रकाशित मिति : ५ आश्विन २०७७ सोमबार ००:००  ४ : ३७ बजे