१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गण्डक ब्यारेजमा पानीको सतह खतरामाथि पुग्यो, फुट्ने खतरा



नवलपरासी ।
गण्डक ब्यारेजमा पानीको सतह खतरामाथि पुगेको छ । जसका कारण बाँध फुट्ने खतरा बढेको छ । गण्डक ब्यारेजमा बिहीबार ४ लाख ४ हजार क्यूसेक पानी पुगेको छ।

४ लाख बढी पुगेपछि उच्च खतरा मानिने भूआर्जन तथा जनसम्पर्क कार्यालयका जनसम्पर्क अधिकारी तारासिंह थापाले बताए । ब्यारेजले भारतको बिहार प्रदेशस्थित भैंसालोटन र पूर्वी नवलपरासीलाई जोडेको छ ।

ब्यारेज निर्माणका क्रममा यसको क्षमता ७ लाख क्यूसेक थियो । जीर्ण हुँदै गएपछि अहिले मुस्किलले ४ लाख क्यूसेक भन्दा बढी पानी थेग्न नसक्ने उनले जानकारी दिए । अहिले ४ लाख ४ हजार क्यूसेक बढी पानी आएको र यो क्षमता भन्दा बढी भएकाले बाँध फुट्ने खतरा बढेको थापाले बताए । खतरा बढेसँगै पश्चिम नवलपरासीका करिब ४० गाउँ डुबानको जोखिममा परेका छन् ।

पानीको बहाव खतराभन्दा माथि पुगेपछि सम्भावित क्षतिलाई जोगाउन जोखिम क्षेत्रमा पूर्वतयारीका साथ सुरक्षाकर्मीलाई तयारी अवस्थामा खटाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ८ : ४७ बजे