कोइली खोलामा भएको दुर्घटना प्रति नेकपाद्धारा दुःख व्यक्त


मायादेवी अनलाइन, चार नम्बर ।
अविरल वर्षासंगै कपिलवस्तुको कोइली खोलामा भएको अकल्पनिय दुःखद् घटनामा ज्यान गुमाउने प्रति नेकपा कपिलवस्तुद्धारा शोक विज्ञप्ती मार्फत श्रद्धाञ्जली ब्यक्त गरेको छ ।

जारी शोक विज्ञप्तीमा कार्यालयको कामको शिलशिलामा बुधबार कचवे तर्ने क्रममा गाडी बगाउदा नेपाल विद्युत प्राधिकरण, फियुज शाखा बाणगंगा ४ जितपुरका सवारी चालक गुल्मी निवासी माधव प्रसाद पाण्डे, शितगंगा १३, निवासी केशव भाट क्षेत्रीको मृत्यु र प्राधिकरणका कार्यालय प्रमुख अहिलेसम्म वेपत्ता रहनु हुने कृष्ण पौडेलको खबरबाट नेकपा कपिलवस्तु स्तब्ध एवम् शोकाकूल भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

वेपत्ता रहनु भएका प्राधिकरणका कार्यालय प्रमुख कृष्ण पौडेलको खोजी कार्यलाई तिव्रता दिन अपिल गर्दै खोजी कार्यमा संलग्न राष्ट्र सेवक, आफन्तजन एवम् स्थानीयबासी प्रति धन्यवाद ब्यक्त गरेको छ ।

कार्यालयको कामको शिलसिलामा बाडीले बगाएर मृत्यू एवम् वेपत्ता भएको दुःखद् खबरबाट कपिलवस्तुबासी स्तब्ध एवम् शोकाकूल भएको विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै दुःखका बेला सबै जनताको साथमा नेकपा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सोही घटनामा परी घाइते हुनु हुने बाणगंगा ८ निवासी कोपिला अधिकारी, विद्युत प्राधिकरणका कर्मचारी विजय पोख्रेल र पर्शुराम चौधरीको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको नेकपा कपिलवस्तुका प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस