१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तिनाउ नदीमा खसेका एक पुरुषको उद्धार



रुपन्देही ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका- ६, गोरकट्टास्थित निर्माणाधीन पुलबाट तिनाउ खोलामा खसेका एक पुरुषको प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुर र इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शुक्रबार बिहान बेहोस अवस्थामा उद्धार गरेको हो ।

उनी बिहीबार राति साइकलमा हिँड्दै गर्दा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए । स्थानीयले खबर गरेपछि प्रहरी टोली गई उद्धार गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ९ : ४१ बजे