बालुवाटारमा ओली–दाहाल भेटवार्ता जारी


काठमाडौं ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भटवार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रिमण्डल पूनर्गठनको विषयमा कुराकानी भैरहेको छ ।

हिजोपनि अध्यक्षद्धयबीच यस विषयमा छलफल तथा परामर्श भएको थियो । नेकपाले जतिसक्दो चाँडो मन्त्रिमण्डल पूनर्गठन गर्ने तयारी गरेको छ ।

सचिवालय बैठकमा नै यो विषयमा छलफल भएको थियो । मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड बनाउनेदेखि पार्टी एकताका बाँकी काम सम्पन्न गर्न सचिवालयले अध्यक्षद्धयलाई जिम्मेवारी दिएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस