८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बुद्धभूमि १० का वडाध्यक्ष खरविन्दको मृत्यु, एक महिनामै नगरले दुई वडाध्यक्ष गुमायो



मायादेवी अनलाइन, बुद्धभूमि ।
कपिलवस्तु बुद्धभूमि नगरपालिका वडा नं. १० का वडाध्यक्ष त्रिलोकी खरविन्दको मृत्यु भएको छ । साविक चेतरादेई गाविस हालको वडा नं. १० का वडाध्यक्ष रहनुभएका खरविन्दको उपचारको क्रममा निधन भएको हो ।

उहाँ लामो समय देखि दीर्घरोगको ग्रसित हुनुहुन्थ्यो । तत्कालिन संघीय समाजबादी पार्टीबाट चुनाव जितेर वडाध्यक्ष बन्नुभएका खरविन्द वडामा लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।
उहाँको मृत्युबारे थप खुलेको छैन् ।

यता एक महिना अगाडी भाद्र १४ गते वडा नं. ७ का रामेश्वर सिंहको पनि निधन भएको थियो । दीर्घ रोगी रहनुभएका सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो । सिंह नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो ।

यो पनि… बुद्धभूमि नगरपालिकाका वडाध्यक्ष राजेश्वर सिंहको निधन

एक महिनाको आपपासमा नगरका दुई वडाध्यक्षको निधनले बुद्धभूमि नगरपालिका शोकमा डुबेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  ८ : ३९ बजे