८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

दीपिका, श्रद्धा र सारा अली खानसँग आज एनसीबीले सोधपुछ गर्दै, रकुल प्रीत संग हिजै सोधपुछ



एजेन्सी ।

अभिनेता सुशांत सिंह राजपूतको मृत्यु प्रकरणमा ड्रग्स एंगलबारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले शनिबार केही बलिउड कलाकारसँग सोधपुछ गर्दैछ।

अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानसँग शनिबार सोधपुछ हुनेछ।यसअघि शुक्रबार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ भएको थियो।

एनसीबीले करिश्मा प्रकाशसँग शनिबार पनि सोधपुछ गर्न सक्ने बताइएको छ। यसका साथै एनसीबीले धर्मा प्रोडक्सनका निर्देशक क्षितिज रवि प्रसाद तथा अनुभव चोपडासँग पनि सोधपुछ गरेको छ।

सुशान्त सिंहको मृत्यु प्रकरणमा ड्रग्स सेवनको विषय बाहिर आएपछि एनसीबीले बलिउड–ड्रग्स नेक्ससको जाँच गरिरहेको छ।
एनसीबीको जाँचमा ड्रग्स खरिदका विषयमा अहिलेसम्म थुप्रै बलिउड कलाकारहरुको नाम अगाडि आएको छ।

प्रकाशित मिति : १० आश्विन २०७७ शनिबार ००:००  ११ : २७ बजे