२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

गुडिरहेको ट्याक्टरबाट खस्दा एकको मृत्यु



ताप्लेजुङ ।

ताप्लेजुङमा गुडिरहेको ट्याक्टरबाट खस्दा एक जनाको ज्यान गएको छ। मेची राजमार्ग अन्तर्गत फुङलिङ नगरपालिका–७, बहानन्देमा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ठाउँका २७ वर्षीय दिपेन्द्र ओख्राबुको ज्यान गएको हो। आइतबार बिहान घटनास्थलमै ओख्राबुकोमृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

उनी काबेलीबाट सदरमुकाम फुङलिङतर्फ बालुवा बोकेर आउँदै गरेको ना ६ त ३००० नम्बरको ट्याक्टरमा बहानन्दे छेउबाट झुण्डिएका थिए। झुण्डने क्रममा खसेपछि ट्याक्टरले किचेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले बताए।

ट्याक्टरका चालक फरार रहेका छन्। ट्याक्टर नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  १ : १६ बजे