५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

काठमाडौंमा रात्रीकालिन जीवन सुरु गर्छौः पर्यटनमन्त्री भट्टराई



काठमाडौं ।

पर्यटनमन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यकामा रात्रीकालिन जीवन सुरुवात गरिने बताएका छन्। ४१ औं विश्‍व पर्यटन दिवसका अवसरमा काठमाडौंको चोभारस्थित मञ्जुश्री पार्क वृक्षारोपण गर्दै भट्टराईले काठमाडौंमा छिट्टै रात्रीकालिन जीवन सुरु गर्ने जनाएका छन्।

उनले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताए। कोभिडका कारण देशको आम्दानीका स्रोत घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएको बताउँदै उनले पर्यटन क्षेत्रको विकासका लागि पनि कार्यक्रम ल्याउने जानकारी दिए।

राज्यको आम्दानीको स्रोतको विकास गर्न उपत्यका वरिपरिका डाँडालाई घुम्‍न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उनले बताए। चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पस्ट पारे।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  १ : २० बजे