८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पौडेल समूहको विरोध पत्रमा सिटौला समूहले हस्ताक्षर नगर्ने



काठमाडौं ।

पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भ्रातृ शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोध पत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो । आइतबार विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गरेका थिए । तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७ आइतबार ००:००  १ : २७ बजे