४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

ब्रोइलरका चल्लालाई रङ्ग लगाएर ‘लोकल’ भन्दै बिक्री गर्ने पक्राउ



काठमाडौं ।

काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ । ब्रोइलर चल्लालाई कालो, रातो लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने समूह सक्रिय देखिएको छ ।

यसरी कृत्रिम रङ्ग लगाउँदै ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको छ ।

सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौं कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको हो ।

तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्ला बरामद गरिएको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले बताउनुभयो ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  १ : ४६ बजे