१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

चार दिन देखि हराएका तौलिहवाका सुनचाँदी व्यवसायी मृत फेला



मायादेवी अनलाइन, तौलिहवा ।
चार दिनदेखि हराइरहेका जिल्ला सुनचाँदी व्यवसायी संघका सचिव राघवेन्द्र वर्मा मृत अवस्थामा फेला परेका छन् ।

यशोधरा गाउँपालिकास्थित खोरिया नजिक वाणगंगा नदी किनारमा उनको शव मंगलबार दिउँसो भेटिएको छ । उनको शव घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

वर्मा सदरमुकाम तौलिहवामा व्यवसाय सञ्चालन गर्दै आएका थिए । शनिबार साँझ घरबाट उनी घुम्न भनी हिँडेका थिए ।

रातिसम्म घर नफर्केपछि उनका परिवारजनले खोज तलासका लागि सबैलाई अपिल गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ३ : ३७ बजे