४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

नेपालमा पुगे ७६ हजार बढी कोरोना संक्रमित



काठमाडौं ।
मंगलबार थप १ हजार ५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको हो । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ। आज थपिएकामध्ये आधा भन्दा बढी काठमाडौंका छन् । काठमाडौं उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन् । यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ । यस दिन १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७७ मंगलबार ००:००  ४ : ४१ बजे