१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

कुवेतका राष्ट्रप्रमुख शेख सबा अल अहमदको निधन



काठमाण्डौ ।

कुवेतका राष्ट्रप्रमुख ईमिर शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा हिजो निधन भएको छ । सबा अल अहमदको अमेरिकामा निधन भएको हो । उहाँ जुलाई १८ मा अस्पताल भर्ना हुनुभएको थियो । उहाँको शल्यक्रिया सफल भएको थियो ।

पछि फेरि थप उपचारको लागि उहाँ जुलाई २३ मा अमेरिका जानुभएको हो । गल्फ न्युजका अनुसार अमेरिकामा उहाँको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले खुलाएका छैनन् ।

सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आउनुभएको थियो । सबा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।

सभा अलको निधनपछि उहाँका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बन्नुभएको छ । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसक्नुभएको थियो । यस्तै उहाँले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालीसक्नुभएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  ९ : १२ बजे