२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु, जंगलमा शव फेला



काठमाडौं ।

रौतहटमा बाघको आक्रमणमबाट चन्द्रपुर नगरपालिका–६ घर भएका संगम भण्डारीको मृत्यु भएको छ । मंगलबार विहान घाँस काट्न जाँदा बेपत्ता भएका २६ वर्षीय संगमको शव रंगपुर साझेदारी वनमा फेला परेको रौतहटका प्रहरी उपरिक्षक ९एसपी० सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए ।

कम्मरभन्दा तलको भाग बाघले खाएर छाडेको अवस्थामा बुधवार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको शव फेला पारेका हुन् । घाँस काट्न गएका संगम नफर्केपछि खोज्न जाँदा मंगलबार साँझ चन्द्रपुर–६ का ३० वर्षीय अशोक थापा र ३४ वर्षका प्रविण श्रेष्ठलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट घाइते उनिहरुको चन्द्रपुर अस्पतालमा उपचार हुँदैछ ।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  १ : ४८ बजे