सुनको मूल्य घट्यो


काठमाडौँ ।

सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य दुई सय रुपैयाँले घटेर ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य ९४ हजार पाँच सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुनको मूल्य ९४ हजार थियो। यस्तै चाँदीको मूल्य तोलामा ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस