८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

अर्घाखाँचीमा राष्ट्रिय सभा सदस्यसहित थप १३ जनालाई कोरोना संक्रमण



अर्घाखाँची ।

अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्का ’उज्वल’, प्रहरी नायव उपरीक्षक माधव बुढाथोकी, मेजर अशोक क्षेत्री, जिल्ला रेडक्रस अध्यक्ष कुशल भुसालसहित १३ जनामा कोरोना पुष्टि भएको छ।

कोरोना भएको संका लागेपछि पीसीआर जाँचका लागि स्वाब प्रादेशिक प्रयोगशालामा पठाइएको थियो। सोमबार आएको रिपोर्टमा थप १३ जनालाई कोरोना देखिएको जिल्ला जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले जानकारी दिए।

आइसोलेसनमा राखेर संक्रमितहरूको उपचार थालिएको छ। अहिले उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित चार जना कर्मचारीमा कोरोना पुष्टि भएको थियो। संक्रमण फैलिन नदिन अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू गत आइतबार देखि एक साताका लागि बन्द गरिएको छ।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  १ : ५४ बजे