११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

धरानमा थप एक संक्रमितको मृत्यु



काठमाडौं ।

धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका १० का ३९ वर्षीय पुरुषको आज बिहान साढे ४ बजे मृत्यु भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। उनलाई १२ गते कोरोना पोजेटिभ भएको थियो।

उनलाई उपचारको लागि १३ गते कोभिड अस्पतालमा भर्ना भएको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। मृतक पुरुषमा क्षयरोग र मिर्गौलाको समस्या रहेको थियो। योसँगै प्रतिष्ठानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  १२ : ३१ बजे