८ असार २०८३, सोमबार | Mon Jun 22 2026

भिडिओमा स्वीकृतिबिना प्रहरीको पोशाक प्रयोग गरे कारबाही हुने



काठमाडौं ।

नेपाल प्रहरीले स्वीकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ। बिहीबार विज्ञप्ति जारी गर्दै चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, प्राङ्क भिडिओ, सांगीतिक भिडिओमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ।

त्यसरी प्रयोग गर्न परेमा नक्सालस्थित कार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार ईकाईमा पोशाक प्रयोग गर्नुको कारण खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ। अनुमति बिना प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

‘विभिन्न भिडिओ बनाउनको लागि प्रहरीको पोशाकको दुरूपयोग भइरहेको भन्ने कुराहरू आएपछि हामीले विज्ञप्ति निकालेका हौं,’ एसएसपी कडायतले भने।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  ४ : ०० बजे