५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित



काठमाडौं ।

नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामबाबु प्रसाईंको असोज २३ गते निधन भएकोले बैठक स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो। अब बैठक कहिले बस्ने भन्नेबारे खुलाइएको छैन।

प्रकाशित मिति : २४ आश्विन २०७७ शनिबार ००:००  २ : ३५ बजे