कपिलवस्तु मालपोतका कर्मचारीमा कोरोना पुष्टि, अनिश्चितकालका लागि सिल


मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु सदरमुकाम तौलिहवामा रहेको मालपोत कार्यालय सिल भएको छ । मालपोत कार्यालय कमचारीलाई कोरोना भाईरस संक्रमणको पृष्टि भएपछि तौलिहवाको मालपोत कार्यालय सिल भएको भएको मालपोत अधिकृत ऋषिराम पौडेलले बताउनुभयो ।

कार्यालयको जानकारी अनुसार अब अन्य कार्मचारीको पनि पिसिआर रिपोर्ट परिक्षण गरिने र अन्यको रिपोर्ट नआउदासम्मको लागि कार्यालय सिल रहने मालपोत अधिकृत पौडेलले जनकारी दिनुभएको छ ।

यसभन्दा अगाडी मायादेवी अनलाइनले मालपोत कार्यालयमा बढी भीडभाड भएको समाचार प्रकाशन गरेको थियो ।

यो पनि पढ्नुहोस् मालपोत कार्यालय तौलिहवामा थामि नसक्नु भीँड, ‘न मास्क, न सामाजिक दुरी’ (भिडिओसहित)

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस