२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

कर्णाली विवादबारे ओली-प्रचण्डबीच छलफल



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कर्णाली प्रदेशमा देखिएको राजनीतिक समस्याको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो।

कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ सांसदले अविश्वासको प्रस्ताव अघि सारेपछि विवाद चर्किएको थियो। यद्यपि, अविश्वासको प्रस्तावबाट वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले हात झिकिसकेका छन्। जसले गर्दा विवाद केही साम्य भएको छ। विवादको क्रममा अध्यक्ष दाहाल र नेता नेपाल समूह मिलेपछि प्रधानमन्त्री ओलीपक्ष कमजोर बनेको छ।

तर, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको मंगलबारको भेटवार्तापछि बिहीबारका लागि कर्णाली प्रदेशका पदाधिकारीहरूलाई काठमाडौं बोलाएका छन्। आजको भेटवार्ताको क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच कुराकानी भएको बुझिएको छ।

कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुन् भने सह इन्चार्ज यामलाल कँडेल, कर्णाली प्रदेशका पार्टी अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्मा, निलम्बित प्रमुख सचेतक गुलाबजंग शाहलगायत नेताहरूसँग अध्यक्षद्वयले भोलि भेट गर्नेछन्।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  ३ : ०६ बजे