१८ बैशाख २०८१, मंगलबार | Tue Apr 30 2024

संचालनमा आयो पिपरा अस्पताल, छैन कोरोना त्रास !



मायादेवी अनलाइन, चार नम्बर ।
पिपरा अस्पताल पुनः संचालनमा आएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ पिपरामा रहेको अस्पताल ब्यवस्थापन समितिको आकस्मिक वैठक बसेर दिउँसो २ बजेपछि अस्पताललाई संचालनमा ल्याइएको हो ।

अस्पतालकी प्रमुख रंजिता महतोले मायादेवीलाई दिनु भएको जानकारी अनुसार मंगलबारदेखि बन्द भएका सबै सेवा सुचारु भएका छन् ।

अस्पताललाई सेनिटाइजेसन गरी पुर्ण सावधानी अपनाइएकाले निर्धक्क संग सेवा लिन आउन पनि महतोले सबैलाई आग्रह गर्नु भयो ।

बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले अस्पताल आउँदा अनिवार्य मास्क लगाउन, साबुन पानीले हात धुन आग्रह गर्नुभयो ।

अस्पतालमा आएकी एक विरामी महिलालाई बुटवल रिफर गरिएकोमा कोरोना जाँच गर्दा संक्रमण देखिएको थियो । त्यसपछि अस्पताललाई नै शिल गरि सेवाहरु बन्द गरिएको थियो ।

यो पनि अस्पताल भर्ना भएकी विरामीलाई कोरोना देखिएपछि पिपरा अस्पताल शिल

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  ४ : ५७ बजे