९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

७० वर्षपछि अमेरिकामा महिलालाई पहिलोपटक मृत्युदण्ड दिइदैं, गरेकी थिइन् यस्तो जघन्य हत्या



एजेन्सी ।

अमेरिकाले करिब ७० वर्षमा पहिलोपटक एक जना संघीय महिला बन्दीलाई मृत्युदण्ड दिने निर्णय गरेको त्यहाँको न्याय विभागले जनाएको छ।

लिसा मोन्टगोमेरी नाम गरेकी ती महिला बन्दीले सन् २००४ मा मिजौरीमा एक गर्भवती महिलाको घाँटी थिचेर हत्या गरेकी थिइन्। हत्यापछि उनले ती महिलाको पेट काटेर बच्चाको अपहरण गरेकी थिइन्।

उनलाई अब डिसेम्बर ८ मा इन्डियानामा घातक सुई दिएर मृत्यु दण्ड दिइनेछ। अमेरिकी सरकारले पछिल्लोपटक सन् १९५३ मा मिजौरीमा बोनी हेडी नाम गरेकी महिलालाई मृत्युदण्ड दिएको थियो।

त्यसैगरी सन् १९९९ मा दुई युवा मन्त्रीको हत्या अभियोगमा ब्रान्डन बर्नार्डलाई पनि डिसेम्बरमा नै मृत्युदण्ड दिने तय गरेको छ।

अमेरिकी अटर्नी जनरल विलियम बारले यी अपराधहरू एकदमै जघन्य हत्याु भएको बताए।गत वर्ष ट्रम्प प्रशासनले संघीय मृत्युदण्ड पुनः सुरू गर्ने बताएको थियो।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ८ : ५५ बजे