२१ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

चाडवाड विशेषः स्वास्थ्य मापदण्ड अपनाउँदै चाडवाड मनाऔं



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले आउँदै गरेका नेपालीहरुका महान चाडवाडको अवसरमा शुभकामना सन्देश जारी गर्नुभएको छ ।

नगर प्रमुख अधिकारीले आउँदै गरेका विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा समस्त नगरबासी, देश तथा विदेशमा रहनुभएका नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीलाई भिडिओ मार्फत शुभकामना सन्देश जारी गर्नुभएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को यो विषम परिवेशमा विगतमा जस्तो गरी चाडवाड मनाउने स्थिति नरहेको भन्दै स्वास्थ्य मापदण्डको पालना गरी दशै, तिहार र छठ जस्ता पर्व मनाउन नगर प्रमुख अधिकारीले आग्रह गर्नुभएको हो ।

https://www.facebook.com/1909454232683373/videos/634494000568738/?so=channel_tab&rv=playlists_card

प्रकाशित मिति : ३ कार्तिक २०७७ सोमबार ००:००  १० : ३१ बजे