२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

चितवनमा उपचारका क्रममा दुई कोरोना संक्रमितको मृत्यु



चितवन ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ। निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोना संक्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।त्यसैगरी, चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरूष रहेको कलेजले जनाएको छ। गत असोज १७ गते सर्पले डसेको शंका लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो। श्वासप्रश्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो। रासस

प्रकाशित मिति : ४ कार्तिक २०७७ मंगलबार ००:००  १२ : १४ बजे