७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एकैदिन थपिए ५ हजार ७४३ कोरोना संक्रमित, मृतक २६ जना



काठमाडौं ।
बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ ।

त्यस्तै यस अवधिमा २ हजार ९९६ जना कोरोनाबाट मुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको मन्त्रालयले जनाएको छ । थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार बढीको पिसिआर परीक्षण गरिएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७७ बुधबार ००:००  ४ : ४४ बजे