१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विजयनगर गाउँपालिकामा अब आफ्नै एम्बुलेन्स



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले बुधवारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पिपरी समयमाई मन्दिरमा पूजाआज गरी एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभएको हो ।

अध्यक्ष थापाले एम्बुलेन्स सेवा सञ्चालनको उद्घाटन गर्दै यहाँका जनताहरुले अब सजिलै औषधी उपचार सेवा पाउने बताउनुभएको छ । गाउँपालिकाले यहाँका नागरिकहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखि अगाडी बढिरहेकोे थापाले बताउनुभयो ।

स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो भन्दै मानिस स्वास्थ्य रहे मात्र विकासका क्षेत्रमा फड्को मार्न सकिने उहाँले बताउनुभयो ।

गाउँपालिकामा एम्बुलेन्स नहुँदा जनताले सम्बन्धित ठाउँमा पुग्न निकै समस्या भोग्दै आएका थिए । कतिपय अवस्थमा विरामी हुँदा यातायातको साधन नपाउँदा अकालमै मृत्यु हुने समेत ग¥थ्यो तर यी बाध्यता अबदेखि हट्ने भएको छ । अबदेखि नागरिकहरुले समयमै औषधी उपचार गर्न एम्बुलेन्स सेवा पाउने भएका हुन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को खरिद गर्ने कार्यक्रम रहे तापनि कोरोना भाइरस (कोभिड–१९)को कारण गर्दा यस वर्षको सुरुमै एम्बुलेन्स ल्याएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालन कार्यविधि अनुसार व्यवस्थापन गर्ने भट्टराईले बताउनुभयो । एम्बुलेन्स सञ्चालनमा भएपछि पालिकावासी खुसी भएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७ बिहिबार ००:००  ६ : १३ बजे