९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

अस्पताल लैजाँदा लैजाँदै बिते कोरोना संक्रमित नायव सुब्बा



दाङ ।
दाङमा कोरोना भाइरसबाट एक निजामती कर्मचारीको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दूधरास ५३ वर्षीय हिराबहादुर डाँगीको बिहीबार राति अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

उनी जिल्ला मालपोत कार्यालय घोराहीमा नायव सुब्बा थिए । डाँगी घोराहीमा डेरामा बस्दै आएका थिए । कोरोना संक्रमण पुष्टि भएपछि उनी डेरामै आइसोलेसनमा बस्दै आएका थिए ।

तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य संयोजक विमल केसीका अनुसार बिहीबार राति ११ बजेतिर सास फेर्न गाह्रो भएपछि उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको थियो । डाँगी सुगरको पनि औषधी खाइरहेका थिए ।

कोरोना अस्पतालमा आइसियू बेड खाली नभएपछि उनलाई बाँके रिफर गरिएको थियो। अक्सिजनसहितको एम्बुलेन्समा राखेर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको बेलझुण्डी अस्पतालकी एक नर्सले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : १० बजे