सुनको भाउ तोलामा एक हजार रुपैयाँ घट्यो


काठमाण्डौ ।

सुनचाँदीको भाउ आज घटेको छ । दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको हो । सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गएको ६ गते सुनको भाउ तोलाको ९५ हजार ७ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ घटेको छ । चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस