६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

अब कसैले किन फोन गरिरहेको छ थाहा हुने



काठमाडौं ।

चर्चित स्मार्टफोन एप ‘ट्रु कलर’ ले अब कुनैपनि व्यक्तिले किन फोन गरिरहेको छ भनेर बताउनेछ।
अज्ञात नम्बरबाट आएको कलर पहिचान, ब्लकिङ, कल रेकर्डिङ, च्याट र भ्वोइस मेसज जस्ता फिचर भएको यस एपले कसैले फोन गर्नुको कारण खुलाउने फिचर ल्याएको हो।

केही हप्ता अघि ‘ट्रु कलर’ले आफ्नो एपमा ‘कल रिजन’ नामक नयाँ फिचर ल्याएर यो सुविधा प्रयोगकर्ताको लागि सार्वजनिक भएको घोषणा गरेको थियो। टेक हिन्दुस्तान टाइम्सको अनुसार ‘कल रिजन’ मार्फत प्रयोगकर्ताले कसैले फोन गर्नुको कारण थाहा पाउछन्, ताकी त्यो फोन उठाउन आवश्यक छ वा छैन भनेर निर्णय लिन सकूँन। साथै यो एप प्रयोग गरेका व्यक्तिले पनि कसैलाई फोन गर्नुअघि कारण लेख्न सक्छन्।

‘ट्रु कलर’को अनुसार यस फिचरले मानिसलाई नयाँ र अज्ञात नम्बरबाट आएको फोन उठाउन सहज पार्छ। यो सँगै ‘ट्रु कलर’ले एसएमएस तालिका र अनुवादको सुविधा पनि ल्याएको छ। ‘सेडुल एसएमएस’ फिचरबाट प्रयोगकर्ताले मेसेज कुन दिन र समयमा पठाउने तालिका बनाउन सक्छन्। एसएमएस अनुवाद सुविधाबाट भने प्रयोगकर्ताले सिधैँ ‘ट्रु कलर’ मा आफ्नो मेसेज अनुवाद गर्न सक्नेछन्।

यसको लागि ‘ट्रु कलर’ले स्वयम मेसेज फरक भाषामा लेखिएको छ वा छैन भनेर पत्ता लगाउँछ र प्रयोगकर्तालाई अनुवाद फिचर उपलब्ध गराउँछ। यी सबै सुविधाहरु ‘ट्रु कलर’का प्रयोगतकर्ताको लागि निशुल्क उपलब्ध हुने बताइएको छ।

अहिले एन्ड्रोइड फोनहरुको लागि मात्र यी फिचरहरु उपलब्ध छ। एपको अनुसार उक्त फिचर आइओएस प्रयोगकर्तालाई अर्को वर्ष उपलब्ध गराइने छ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  २ : १४ बजे