६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

राजसंस्था माग गर्दै बुटवलमा उत्रिए हजारौं व्यक्ति सडकमा



रुपन्देही ।
राजसंस्था पुनस्स्थापना र हिन्दू राज्य घोषणाको मागसहित रुपन्देहीमा मोटरसाइकल र्‍याली निकालिएको छ। वीर गोर्खाली अभियानको आयोजनामा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम चोकबाट शुरू भएको र्‍याली योगीकुटी, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै बुटवलको ट्राफिक चोकसम्म पुगेको थियो।

देश र श्रीपेचको रक्षाको लागि भन्दै अभियानले रूपन्देहीमा बृहत् मोटरसाइकल र्‍याली गरेको हो।

र्यारलीमा करीब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ। राजसंस्था र हिन्दू राष्ट्र स्थापनाका लागि देशव्यापी अभियान सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत रुपन्देहीमा र्या्ली गरिएको अभियन्ता राजकुमार शाही ठकुरीले बताए।

र्‍याली मा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए। उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहका तस्वीर अंकित टिसर्टहरु लगाएका थिए।

प्रकाशित मिति : १७ कार्तिक २०७७ सोमबार ००:००  ६ : १८ बजे