७ असार २०८३, आइतबार | Sun Jun 21 2026

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द



नवलपुर ।

नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ। नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए।

आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताए। नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन । नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए। रासस

प्रकाशित मिति : २१ कार्तिक २०७७ शुक्रबार ००:००  ११ : ०० बजे