९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

२४ घण्टामा १९ सय १३ संक्रमित थपिए, थप १५ जनाको मृत्यु



काठमाडौं ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विभिन्न अस्पताल र होम आइसोलेसनमा रहेका थप १५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यससँगै मृत्यु हुने संक्रमितको कुल संख्या ११ सय ८९ पुगेको छ।

त्यस्तै, मंगलबार देशभर पछिल्लो २४ घण्टामा थप १९ सय १३ जना नयाँ संक्रमित थपिएका छन्। आज २३ सय ४९ जना कोरोना संक्रमित डिस्चार्ज भएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति : २७ कार्तिक २०७७ बिहिबार ००:००  ४ : २७ बजे