२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

लुइस सुआरेजलाई कोरोना



एजेन्सी ।

उरुग्वेका फरवार्ड लुइस सुआरेजलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।राष्ट्रिय टिमका लागि उरुग्वेमा रहेका सुआरेजलाई कोरोना देखिएको हो । उरुग्वेका फुटबल महासंघले सुआरेजलाई कोरोना भएको पुष्टि गरेको छ ।

यस्तै उरुग्वेका अन्य दुई खेलाडीमा समेत कोरोना देखिएको बताईएको छ ।कोरोना देखिएपछि एट्लेटिको मड्रिडका सुआरेजले विश्वकप छनोट अन्तर्गत ब्राजिलसँगको खेल गुमाउने भएका छन् ।

दक्षिण अमेरिकी छनोटमा उरुग्वेले मंगलबार राति ब्राजिलसँग खेल्दैछ । यस्तै उनले ला लिगा अन्तर्गत बार्सिलोनासँगको खेल समेत गुमाउने भएका छन् । एट्लेटिकोले शनिबार बार्सिलोनासँग खेल्दैछ ।

प्रकाशित मिति : २ मंसिर २०७७ मंगलबार ००:००  ३ : ४३ बजे