बुटवलका विद्यालयसँग कक्षा सञ्चालनको कार्ययोजना माग


रुपन्देही ।

बुटवल उपमहानगरपालिकाले कोभिड १९ को महामारी रोकथामलाई प्रभावकारी बनाउँदै विद्यालय सञ्चालनको अवस्थाका बारेमा सरोकारवालासँग सुझाव माग गरेको छ । उपमहानगरले जनस्वास्थ्यको संवेदनशिलता र बालबालिकामा रहेको जोखिमलाई मध्यनजर गरि विकल्पसमेत तय गरेर कार्ययोजना माग गरेको हो ।

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति तथा नागरिक अगुवाहरुसँग महामारीबाट जोगिंदै विद्यायल सञ्चालन गर्ने उपायका बारेमा उपमहानगरले सुझाव माग गरेको हो ।

उपमहानगरलाई नागरिक स्तरबाट पनि विभिन्न माध्यमबाट सुझाव दिन सकिने छ । बुटवल उपमहानगरले कोरोना महामारी (कोभिड(१९) को संक्रमण कम रहेका वडाका विद्यालयमा पठन पाठन नियमित गराएको छ भने संक्रमणको जोखिम धेरै रहेको ठाउँमा के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग सुझाव माग गरेको छ ।

शुक्रबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विद्यालयसँग कक्षा सञ्चालनका लागि कार्ययोजना माग गरेको हो । मंसिर ८ गतेसम्ममा कार्ययोजना पेश गर्नुपर्ने छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस