कपिलवस्तुमा आज २८ संक्रमित थपिए, शिवराजका मात्रै २२ जना


मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा शनिबार २८ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार थप २८ जनामा कोरोना पुष्टि भएको हो । आज शिवराजमा सबैभन्दा धेरै २२ संक्रमित थपिएका छन् भने बुद्धभूमीमा ३, कृष्णनगर, वाणगंगा र शुद्धोधन गाउपालिमाका एक–एक जना थपिएका हुन् । यो संगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार ८ सय २५ पुगेको छ । भने १ हजार ७ सय १७ जना निको भएका छन् । अहिले जिल्लामा सक्रिय संक्रमित संख्या ९४ रहेको छ भने कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस