भेरी अस्पतालको परिक्षणमा दाङका ४ जनासहित ६० जनामा कोराना पुष्टि


बाँके ।

बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा दाङका ४ जनासहित ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा दाङको दंगीरण गाउँपालिका वडा नम्बर २ का दुई जना, राप्ती गाउँपालिका वडा नम्बर ७ का १ जना र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का १ जना रहेका छन् ।

त्यसैगरी बाँकेका ३९ जना, बर्दियका १२ जना, दैलेख, कैलाली, प्युठान, रुकुम पश्चिम र रोल्पाका एक एक जना रहेको भेरी अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ । वितेको २४ घण्टामा भेरी अस्पतालमा २ सय १२ जनाको आरटिपिसिआर विधिद्धारा परिक्षण गर्दा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले बताएको छ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस