घुम्न गएका युवकको लडेर मृत्यु


प्यूठान ।

पर्यटकीय स्थल झुलेनी घुमेर फर्किने क्रममा एक युवकको लडेर मृत्यु भएको छ । शनिबार बिहान गाउँका ५-७ जना साथीहरुसँगै घुम्न गएका प्यूठान नगरपालिका–२ काठेबराका अन्दाजी २२ वर्षीय राहुल घर्तीको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झुलेनीबाट फर्कने क्रममा प्यूठान नगरपालिका–४ भित्रीकोटस्थित रक्तेपोखरी नजिक बिजुवार–भित्रीकोट सडक डिलबाट लडेका घर्तीको शव झन्डै १ सय ५० मिटर तल सल्लाघारीमा फेला परेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस